१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपालमा थपिए तीन सय कोरोना संक्रमित

२१ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन यस कोरोना संक्रमित थपिएका छन् । चार हजार ५९० जनामा कोरोना परिक्षण गर्दा तीन सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १७:५३