झिनो अकंले घट्यो सेयर बजार, एक अर्ब पनि पुगेन कारोबार रकम
२० भदाै, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार झिनो अकंले घटेको छ । आइतबार सामान्य अंकले बढेको सेयर बजार सोमबार ४.२९ अकंले घटेर १९७३.०१ बिन्दुमा बन्द भएको छ । यस दिन २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६१ वटा कम्पनीको सेयरमूल्य बढेको छ ।
११६ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सोमबार रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ९ करोड ९६ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन मैलुङखोला जलविद्युत कम्पनीको सेयरमुल्य ७.४३ प्रतिशतले बढेर छ । यस दिन रु रु जलविद्युत्त परियोजनाको सेयरमूल्यमा सबैभन्दा धेरै घटेको छ ।
प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १८:५३












