६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

शिक्षा सुधार गर्ने सङ्कलपका साथ अघि बढाैँः मन्त्री पौडेल


१८ भदाै, ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्रप्रसाद पौडेलले मुलुकमा खस्कदै गइरहेको शिक्षा प्रणाली सुधारका लागि मन्त्रालयका साथसाथै सम्बन्धित निकायले समेत मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

एशोसिएसन अफ इञ्जिनियरिङ कलेज नेपालले आयोजना गरेको ‘नेपालको उच्च शिक्षामा गुणस्तर व्यवस्थापन र कार्यान्वयन’ विषयक कार्यक्रममा बोल्दै उहाँले मुलुकका समस्त शैक्षिक संस्थाको गुणस्तरीयता वृद्धि भएमा अध्ययनका लागि विद्यार्थी अन्य मुलुक बाहिरिने क्रम घट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशभर सञ्चालित शैक्षिक संस्थाले आफूहरुमा भएको कमी कमजोरी बुझेर मन्त्रालयमा यसलाई ल्याएर छलफल गरेमा शिक्षाका साथै विद्यार्थीको समेत कल्याण हुनेछ ।” मुलुकमा अघि बढिरहेको तीनै तहको उच्च तथा माध्यमिकका साथसाथै प्राविधि शिक्षालाई सुधार गर्दै लाँदा हरेक विद्यार्थीले दशजोड दुई अध्ययन समाप्त गरेपछि मुलुकबाट बाहिरिने क्रम श्वत घट्ने उहाँको बुझाइ छ ।

मुलुकको शिक्षा क्षेत्रमा आवश्यक विभिन्न किसिमका दक्ष जनशक्ति परिपूर्ति गर्नका लागि आउँदो वर्षदेखि समयमै एसइईको परीक्षा लिने तयारी गरिरहेको पौडेलले जिकीर गर्नुभयो । दश जोड दुई उतिर्ण पछि मुलुक छाडेर बाहिरीने विद्यार्थी क्रम रोक्नका लागि आफूहरुले मन्त्रालयमा अन्तरक्रिया गरिरहेको पौडेलले सुनाउनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मुलुकमा गुणस्तरीय स्वास्थ्य कायम गराउने काम आफूहरुले काम गरिरहेको जिकीर गर्नुभयो । एशोसियसन अफ इञ्जिनियरिङ कलेज नेपालका अध्यक्ष एवं प्रोफेसर इञ्जिनियर्स हिरेन्द्रमान प्रधानले मुलुकमा रहेका सबै राजनीतिक दलका व्यक्ति मिलेर शिक्षा सुधारमा लाग्नुपर्ने बताउँदै सो भएमा उच्च शिक्षा प्राप्ती तर्फ सदैव सफलता हासिल हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा खोलिएका क्याम्पसको समय समयमा मन्त्रालय मार्फत निरीक्षण हुने हो भने शिक्षा क्षेत्र कहिल्यै पछि पर्ने थिएन ।”

सो कलेजका उपाध्यक्ष प्रा. इञ्जिनियर्स हरि भण्डारीले इञ्जिनियरिङ क्षेत्रमा प्रत्येक वर्ष १५ देखि २० दशमलव मात्रै विद्यार्थी उतिर्ण हुने क्रम रहेको गुनासो गर्दैसो क्षेत्र सुधारका लागि लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले उच्च शिक्षा सुधारका लागि आफूहरुले सो कार्यक्रम मुलुकका विभिन्न ठाउँ ठाउँका साथै विदेशी अन्य देशमा समेत लाने भएको जानकारी गराउनुभयो ।

पोखरा विश्वविद्यालयका डीन राजेश थकुराठीले विगत तीन महिनादेखि सो विश्वविद्यालयमा तालाबन्दी रहेको बताउँदै इञ्जिनियरिङ एशोसियसनको समस्या बुझ्न शैक्षिक मूल्याङ्कन गर्न जरुरी रहेको सुनाउनुभयो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले मुलुक भित्र कूल एक हजार चार सय ३७ क्याम्पस सञ्चालन भइरहेका जानकारी गराउँदै सो मध्ये आठ सय क्याम्पसमा दुई सय विद्यार्थी सङ्ख्या र बाँकी पाँच सयमा एक सय मात्र विद्यार्थी रहेकाले सम्बन्धित व्यक्तिले तालमेल गरेर अघि बढ्न जरुरी रहेको खाँचो ठहराउनुभयो ।

नेपाल इञ्जिनियरिङ परिषद्का उपाध्यक्ष णराज सिलवालले मुलुकको शैक्षिक संस्थामा उतिर्ण हुने दर कम भइरहेको दुखेसो गर्दै सोमा कस्को कम्जोरी रहेको छ मन्न गर्न सुझाव दिनुभयो । उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले हाल सामुदायिकका साथ साथै निजी शिक्षा क्षेत्रमा समेत किन गुणस्तरीयता आउन सकेन भन्ने कुरा केलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कर्णाली कलेज अफ हेल्थ साइन्सका प्राध्यापक निर्मल सापकोटाले मुलुकमा कूल ३७ हजार सामुदायिक विद्यालय रहेको जानकारी गराउँदै सोमा सरकारले लागु गर्ने भनिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि समेत सो क्षेत्रका मानिस विदेशीने क्रम बढ्दै जाँदा अभाव हुने भएकाले ध्यान दिन आग्रह गर्नुभयो ।

तीन दशक लामो शिक्षा क्षेत्रमा आवद्ध व्यक्तित्व तथा शिक्षाविद् एलपिभानु शर्माले मुलुकबाट प्रदान गरिने हरेक तवरको शिक्षा उच्च गुणस्तरीयता रहेको दाबी गर्दै सो तवरको शिक्षा प्रदान गर्ने शिक्षकमा समेत उक्त आभाषको कमी रहेकाले शिक्षा प्रणाली खस्कदै गइरहेको बुझिएको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार २०:४६