४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य समायोजन

१७ भदाै, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । शुक्रबार नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो । समायोजनपछि नेप्सेले कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६१ रुपैयाँ ९० पैसा तोकेको छ । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य ६ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको भदौ ९ गते बिहिबार बिहान बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार ७ औ वार्षिक साधारण सभा भदौ ३० गते बिहिबार कार्की व्याङ्केट बबरमहल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा लाभांश प्रस्तावसहित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, खर्च रकम अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १५:३६