४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

सेयर बजारमा झिनो अंकको गिरावट

१६, भदाै, काठमाडौं । साताको पाँचो कारोबारको दिन बिहिबार सेयर बजार झिनो अंकले घटेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०८ अकंले घटेर १९७२.२९ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११२ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ७० वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमुल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ ।

आज राप्ती हाइड्रो एण्ड कन्ट्रक्शन र गणपति लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । बिहीबार नेपाल टेलिकमको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यस दिन १२ करोड २७ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १५:२७