३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

भूर्ण मै हत्या भएकीलाई कैले आउछ नारी दिवस ? (गजल)

–गणेश आचार्य

बलत्कार’मा परेकीलाई कैले आउछ नारी दिवस ??
भूर्ण मै हत्या भएकीलाई कैले आउछ नारी दिवस ??

जसलाई तीमीले बेश्या भन्छौनी भोकै मर्न नसकेर
आफ्नै शरीर बेचेकीलाई कैले आउछ नारी दिवस ??

दाइजो नल्याएको निहुमा चरम यातना सहन नसकेर
मट्टितेल छर्केर जलेकीलाई कैले आउछ नारी दिवस??

जवानीमा नै पोइ मरेर सिन्दुर, पोते, चुरा अनी
भाग्य उनको फुटेकीलाई कैले आउछ नारी दिवस ??

घरभित्रै हुन्छन् नारी हिंसा, विभेद, शोषण अत्याचार
अन्याय सहेर बसेकीलाई कैले आउछ नारी दिवस ??

मासिक रजस्वला भए संगै अपवित्र हुन्छिन् उनी
छाउपडीमा सुतेकीलाई कैले आउछ नारी दिवस ??

 

जैमिनी ५ बिनामारे बाग्लुडं
हाल इटली

प्रकाशित मिति : March 8, 2018 at 7:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/