२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

मस्कका अहिलेसम्म सार्वजनिक नभएका तस्बिरलाई प्रेमिकाले राखिन लिलामीमा


८ भदौ, काठमाडाैं । एलन मस्कको कलेजका दिनका तस्बिरहरू उनकी पूर्व प्रेमिका जेनिफर ग्विनले लिलामीको लागि राखेकी छिन् । सन् १९९४ मा टेस्ला प्रमुखसँगको उनको सम्बन्धको सम्झनालाई उनले लिलामीमा राखेकी हुन् । त्यतिबेला उनीहरू २० को दशकमा थिए र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्दै थिए । इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार सुश्री ग्विनले आफ्नो सौतेनी छोराको शिक्षाको लागि रकम जुटाउन फोटोहरू लिलामी गर्दैछिन् ।

मस्कसँग उनको सम्बन्ध एक वर्षसम्म चलेकोे थियो। ४८ वर्षकी ग्विन संयुक्त राज्य अमेरिकाको साउथ क्यारोलिनामा बस्छिन् । उनले लिलामीका लागि राखेका तस्बिरहरूमा मस्क विश्वविद्यालय क्याम्पसको वरिपरि रमाइलो गर्दै साथीहरूसँग कोठामा सुतेको र कम्प्युटरमा काम गरिरहेको देखाइएको छ । यी तस्बिरहरू आरआर लिलामीद्वारा अनलाइन राखिएका छन्, जसमध्ये अधिकांशको न्यूनतम कबोल १०० बाट सुरु हुन्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार १३:२५