१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नेपालमा ६६० कोरोना संक्रमित थपिए


२१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । हाल देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार १८:५६