९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

२१ साउन, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान पुगेका छन । साउन २१ देखि २५ गते सम्मको जापान भ्रमणका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा भ्रमण दलका चार सदस्यसहित पुगेका हुन ।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डसहितको भ्रमण टोलीलाई मंचका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीसहितका नेपालीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रचण्डले जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी बन्नेछन । हालसम्म सार्वजनिक भएका कार्यक्रम मध्य शनिबार नै जापानको फुकुओकामा आयोजित नेपाल फेष्टिवल फुकुओकाको समुदघाटन गर्ने छन ।

त्यसैगरि अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन । सोही दिन नै नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच “समृद्ध नेपालकोआधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार ” विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन।

जापानमा रहँदा प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ। आधुनिक कृषि प्रणालीको विकासको बारेमा समेत फिल्ड़मा नै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताईएको छ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०७:५६