१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

महंगी र भ्रष्टाचारविरुद्ध एमालेले सुरु गर्याे हस्ताक्षर अभियान


२० साउन, काठमाडाैं । महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ ।  दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो । अभियान तीन दिन सम्म चल्ने एमालेले जनाएकाे छ ।

अभियानका क्रममा सवै वडा कमिटीहरुले हस्ताक्षर संकलन गरेका छन् । महंगी र भ्रष्टाचारका कारण नागरिकहरुले दुख पाउनुपरेको भन्दै अभियानमा सहभागीता जनाउन एमालेले आह्वान पनि गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १७:०३