२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

भारतीय चाहनामै दिल्ली जाँदैछुः प्रचण्ड


१्र९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको पूर्वसन्ध्यामा केही मन्त्रीहरू परिवर्तन गर्ने तयारी भैरहेको बताएका छन। मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीहरुका विषयमा कडा कदम चाल्ने तयारी भइरहेको बताए ।

अहिलेका मन्त्रीहरुका विषयमा गम्भीर समीक्षा भइरहेको र असक्षमहरूलार्इ परिवर्तन गरिने उनले बताए । उनले मन्त्रीहरुलाई सचेत गराउँदा गराउँदै पनि केहीले काम नगरेकाे भन्दै असन्तुष्टि पोखे । पर्सीदेखि भारत भ्रमणामा जान लागेका अध्यक्ष प्रचण्डले भ्रमण राष्ट्रिय हित र विकासको चाहनाको पक्षमा हुने बताए । उनले मेरो रहले होइन, पार्टी एकता भएपछि एउटा अध्यक्ष जानुभयो ।

अर्को अध्यक्ष आइदिए हुन्थ्यो भन्ने मित्र राष्ट्रको चाहनाका कारण म पर्सि भारत र ६ दिनपछि चाइना जान्छु,’ प्रचण्डले भने, ‘भारत र चीनको भ्रमण राष्ट्रिय हित र विकासको चाहनामा केन्द्रित हुन्छ । सरकारका पक्षविपक्षमा लाग्ने काम हुँदैन । यी सबै गलत अफवाह र भ्रमपूर्ण कुरा हुन् ।’

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १९:१६