१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

एसपीपी सम्बन्धी अमेरिकालाई पठाएको पत्र समितिमा पेश गर्नुपर्छः सांसद रावल


१९ साउन, काठमाडाैँ । नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेश गर्नुपर्ने बताएका छन ।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको मिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा राववले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा उक्त पत्र पेश गर्नुपर्ने बताए ।

एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकार प्रति अविश्वास बढेको उनको भनाइ छ । संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए । उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको बताए । बैठकमा अन्य सांसदहरुले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १९:२९