९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

कांग्रेसलाई ठीक पार्न तेस्रो मोर्चा आवश्यक देखियोः अध्यक्ष नेपाल

१९ साउन, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावमा उठेर विजयको डङ्ग बजाउने बताएका छन । बिहीबार काठमाडौंमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा अध्यक्ष नेपालले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यसको सामाना गरेर, चुनावमा उठेर विजयको डङ्ग बजाएर आउने बताए ।

उनले राजनीति छाड्न खोजेपनि परिस्थितिले छाड्न नदिएको र केहि बर्ष सक्रिय हुने जिकिर गरे । अध्यक्ष नेपालले आगामी चूनावको मिति घोषणा भइसकेको अवस्थामा गठबन्धन कायम रहदैन की भन्ने आशंका नगर्न आग्रह गरे ।

गठबन्धन दलहरु मिलेर नै चूनावमा जाने घोषणा शुक्रबार गरिने उनले बताए । नेपालले समाजवादीले गठबन्धनभित्रै तेस्रो मोर्चा पनि बनाउने जिकिर गरे । कांग्रेसलाई आफू ठूलो दल भएको दम्भ देखिएकाले तेस्रो मोर्चा आवश्यक रहेको उनले बताए ।

अध्यक्ष नेपालले अर्काको अस्तीत्व नै स्वीकार नगर्ने एमालेसंग कुनै हालतमा सहकार्य नहुने पनि धारणा राखे । कार्यक्रममा अध्यक्ष नेपालले डा. ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक नेकपा एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म बिमोचन गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १९:१२