४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

चिकित्सक संघको फेरि एक हप्ते अल्टिमेटम, एेन संशाेधन अघि बढाउन सरकारलार्इ दबाब

१९ भदाै, काठमाडाैँ । नेपाल चिकित्सक संघले एक हप्ता भित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई फेरि अल्टिमेटम दिएको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सोमबार भएको सहमति अनुसार एक हप्ता भित्र मुलुकी अपराध (संहिता) ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको बताए ।

उनले आगामी सोमबार भित्र त्यो ऐनको संशोधन प्रक्रिया अघि नबढाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी  दिए ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले आगामी सोमबारसम्म संघीय संसदमा मुलुकी अपराध ऐन संशोधन प्रस्ताव दर्ता नभए मंगलबारबाट पुनः आकस्मिकबाहेकका अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिए ।

यो पनि पढ्नुहोस्

–सरकार र अान्दोलनरत चिकित्सकबीच ५ बुँदे सहमति

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार १७:५१