९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण, निमोनिया पनि देखियो

१६ साउन, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणबाट पोखरेलमा कोरोना पोजेटिभ देखिएको हो ।

पोखरेलमा संक्रमण पुष्टि भएसँगै उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन् । उनलाई निमोनियाको लक्षण पनि देखिएको छ ।

स्वास्थ्य समस्याका कारण उनको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार २२:२३