अज्ञात समूहको गोली लागि धनुषाका सञ्जय शर्मा घाइते, थप उपचारका लागि काठमाडाैँ ल्याइदै
१९ भदौ, धनुषा । धनुषाको लक्ष्मीनियाका गोली चलेको छ । अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गोली प्रहारबाट लक्ष्मीनिया ६ का ३४ वर्षीय सञ्जय शर्मा घाइते भएको प्रहरीले जनाएको छ । शर्माको पेटमा गोली लागेको छ ।
शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुर-ढल्केबर सडक खण्डअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका- ७ मा उनलाई गोली प्रहार भएको थियो । मोटरसाइकल चढेर घर जाँदै गर्दा मोटरसाइकल नै चढेर आएका दुई जनाले गोली हानेर भागेको शर्माले बताएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार ०९:४५