अाफ्नै अामा बलात्कार गर्ने भोजपुरका एक युवालार्इ जन्मकैद
१८ भदाै, काठमाडाैँ । जिल्ला अदालत भोजपुरले अाफ्नै आमा बलात्कार गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्लाको साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय ती युवालाई जन्मकैदको फैसला गरेको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।
६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका ती युवालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले २७ वर्षको जन्मकैद सजाय सुनाएको हो । युवकलाई हाडनाता करणीमा दोषी ठहर गरिएको हो । युवालाई गएको असार ४ गते आमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १९:४८