३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

विप्लवका प्रवक्तालाई न्यायाधीशको रोहवरमा छाडे लगत्तै पुनः पक्राउ गरेर भोजपुर पठाइने

१८ भदौ, नुवाकोट । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई नुवाकोट जिल्ला अदालका न्यायाधीशको रोहबारमा छाडिने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले अहिले प्रकाण्डलाई जिल्ला अदालत नुवाकोट लैजान लागेको छ । सर्वोच्च अदालतले न्यायाधीशको रोहवरमा प्रकाण्डलाई रिहाई गर्न आदेश दिएलगत्तै उनलाई छाड्न लागिएको हो ।

प्रहरी स्रोताका अनुसार प्रकाण्डलाई न्यायाधीशको रोहबरमा छाडे लगत्तै पुनः पक्राउ गरेर भोजपुर पठाउने तयारी गरिएको छ । प्रकाण्ड विरूद्ध भोजपुरमा पनि मुद्दा परेको छ ।

यो पनि पढ्नुहोस्

–विप्लवका प्रवक्ता प्रकाण्डलार्इ न्यायाधीशको रोहवरमा छाड्न सर्वोच्चको अादेश

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १९:०४