३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

सल्यानमा पहिरोमा पुरिएर एकै परिवारका तीन बालबालिकाको मृत्यु

१८ भदाै, काठमाडाैँ । सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको ज्यान गएको छ । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आइतबार बेलुकी खसेको पहिरोले बालाराम डाँगीको घर पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

सोमबार बिहान उद्दार टोलीले पुरिएको अवस्थामा उनीहरुको शव निकालेको हो । डाँगीका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आमाबाबु गोठमा गएका बेला घर भित्र बसेका बालबालिका पहिरोमा पुरिएका छन ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार ११:००