खोटाङको एम अधिकारी खोजिरहेको काँग्रेस केन्द्रीय विभाग प्रमुख नै न्यायाधीश छन्ः ओली
६ साउन, काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका केन्द्रीय विभागका प्रमुख न्यायधिश रहेको बताएका छन् ।
शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले न्यायालय लगाएत बिभिन्न स्थानमा कांग्रेसका मान्छेहरु रहेपनि राजीनामा दिएको कहिल्यै नसुनेको बताएका हुन् । ओलीले भने, ‘सवै ठाउँमा काँग्रेस त छन् नि न्यायालयमा काँग्रेस छन् । काँग्रेसका केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन ? राजीनामा दिएको त सुनिएन’, ओलीले भने, ‘म भन्दिनँ कुन कुन परिवारका सदस्य भनेर ।’
उनले रिटाएर भइसकेका मान्छेलाई फर्काई पदमा राखेर कांग्रेसले मुलुकमा बेतिथि खडा गरेको आरोप लगाए । एमालेले गर्भनर र एम अधिकारी फरक व्यक्ति भएको भन्दा भन्दै पनि कांग्रेसले एम अधिकारी खोजेको खोजै गरेको उनको भनाइ छ । ओलीले अहिलेको बजेट भ्रष्ट बजेट भएको फुटेज हटाउनुले नै पुष्टि भएको तर्क गरे ।
त्यस्तै उनले चूनावलाई लक्षित गर्दै सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप समेत लगाए । उनले मुलुकको आर्थिक अवस्था समस्यामा परेको भन्दै न्युनतम आधारभूत वस्तुहरु स्वदेशमा नै गर्नुपर्ने धारणा राखे ।
उनले एमालेले सदैव निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको स्पष्ट पारे ।
प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १९:३७












