७ महिनाकी बोल्न नसक्ने गर्भवती महिलामाथि बलात्कार
१८ भदाै, काठमाडाैँ । ७ महिनाकी एक गर्भवती महिला सामूहिक बलात्कारको शिकार बनेकी छिन । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको हो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जना पक्राउ गरेको छ । विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको बलात्कार भएको प्रहरीले जनाएको छ ।
यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । ४० वर्षीय प्रह्लाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ । अभियुक्तहरूलार्इ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार ०६:३१