१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

‘हनि ट्रयापिङ’मा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

३ साउन, काठमाडौं । हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् ।

उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी र प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गर्ने गरेका थिए ।

उनीहरुले ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगि भेटघाट गर्ने, भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठुलो रकम माग गर्ने गरेको भनाई प्रहरीको छ । उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : July 19, 2022 at 2:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/