२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

गोठ भत्किँदा एक बालिकाको मृत्यु


३२ असार, दाङ । दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १७:५५