२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

संकट समाधान गर्न सम्भावित सबै कदम चालेंः गोटाबाय राजापाक्षे


३२ असार, काठमाडाैं । कोलम्बो–श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेले आर्थिक संकटबाट बच्न ‘सम्भावित सबै कदम’ चालेको बताएका छन् । आफूविरुद्धको प्रदर्शन उग्र भएपछि उनी यसै साता माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । उनको राजीनामा शुक्रबार संसदले अनुमोदन गरेको छ ।

श्रीलंकाका सभामुखलाई बुझाएको आफ्नो पत्रमा राजापाक्षेले श्रीलंकाको आर्थिक संकटको जड आर्थिक कुप्रबन्धमा भएको बताए । कोभिड–१९ महामारीको कारणले श्रीलंकाको पर्यटक आगमन र विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा ठूलो कमी आएको पनि उनले बताएका छन् ।

यसअघि उनले पठाएको पत्रको पूर्ण विवरण सार्वजनि गरिएको थिएन् । ‘यो मेरो व्यक्तिगत विश्वास हो कि मैले यस संकट सम्बोधन गर्न सबै सम्भावित कदमहरू चालेको छु, जसमा सांसदहरूलाई सर्वदलीय सरकार गठन गर्न आमन्त्रित गर्ने लगायतका छन्’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार १६:४३