२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

धनकुटामा २३ वर्षीया महिला बलात्कृत

२६ असार, धनकुटा । धनकुटामा एक जना २३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शहीदभूमि गाउँपालिका–५ बस्ने ३१ वर्षीय सन्तोष राईलाई शनिबार पक्राउ गरेको छ ।

तेह्रथुम लालीगुराँस नगरपालिका–२ स्थित होटलमा राईले ती महिलालाई शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई धनकुटा नगरपालिका–७ बाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : July 10, 2022 at 4:53 pm