आगामी असोज ५ गते दुवईमा मोडल सङ्गस अवार्ड हुँदै
–गीता अधिकारी
१५ भदाै, काठमाडौं। दुवईमा मोडल सङ्गस अवार्ड हुने भएको छ । आगामी असोज ५ अर्थात २१ सेप्टेम्बरमा यो अवार्ड हुन लागेको आयोजकले जनाएको हो । ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताईएको छ ।
नेपालमा सफल सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमलाई दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागितामा सम्पन्न हुने छ ।
‘हामीले दुर्वइमा गर्न लागेको मोडल सङ्गस अवार्डको तयारी गरिरहेका छौ, नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागी हुँदै हुनुहुन्छ’, मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने । एवार्डको एसोसियट्समा पेजेन्ट नेपाल रहेको छ । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार १४:२७