२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

राष्ट्रपति भण्डारीद्धारा तीन देशमा राजदूत नियुक्त

२४ असार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १५:२०