१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

बाजुराको त्रिशक्ति माविको मतदान केन्द्रमा हवाइ फायर


२३ असार, काठमाडाैँ । बाजुराको बूढीगंगा नगरपालिकाको बाजुराको त्रिशक्ति माविको मतदान केन्द्रमा हवाइ फायर भएको छ । दुइपक्षको बीचमा विवाद भएपछि प्रहरीले हवाइ फायर गरेको हो । राजनीतिक दलका बुथ एजेण्डहरूकोबीचमा भएको विवाद हल नगरी प्रहरीले हवाइ फायर गरेको हो ।

विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार १३:०९