१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

न्युजिल्याण्ड पठाउने बहानामा ६३ लाख लिएर भागेकी नुवाकोटकी शोभा पौडेल पक्राउ


२२ असार, काठमाडौँ । न्युजिल्याण्ड पठाउने बहानामा ६३ लाख लिएर भागेकी नुवाकोटकी दिया भनिने शोभा पौडेल पक्राउ परेकी छिन । अपराध अनुसन्धान कार्यालयले काठमाडौँको निलोपुलबाट शोभालाई पक्राउ गरेको हो ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएकी शोभाले सिन्धुली घर भएका नारायण बोगटीसहित ९ जनालाई न्यूजिल्याण्ड पठाउँछु भनेर ६३ लाख लिएर फरार भएकी थिइन । पीडितहरूको उजुरीको आधारमा प्रहरीले शोभालाई मंगलरबा पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

२७ वर्षीय शोभा बुढानिलकण्ठमा बस्दै आएकी थिइन । उनले न्यूजिल्याण्ड पठाइदिन्छु भनेर प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्ने बताएर पैसा संकलन गरेकी थिइन । पछि पैसा संकलन गरेपछि उनी सम्पकर्कबिहीन भएकी थिइन ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १९:३१