अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधमा संसदीय छानविन हुने, समितिको नेतृत्वमा एमालेको दाबी
२२ असार, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको आर्थिक अपराधमा संसदीय छानविन हुने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले अर्थमन्त्री शर्माबारे आर्थिक अपराधको बारेमा छानबिनका लागि संसदीय समिति बनाउने सहमति जुटाएको हो । समितिको नेतृत्वमा र संसदको संख्याको आधारमा सहभागिता हुनुपर्ने माग एमालेले गरेको छ ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८र०७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिनको माग गर्दै आएको थियो । अब सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्नेछन ।
प्रकाशित मिति : २२ असार २०७९, बुधबार १५:०३












