२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

संसदीय चुनाव मंसिर २ वा ५ मा गर्न निर्वाचन आयोगकाे सुझाव

२१ असार, काठमाडाैं । निर्वाचन आयोगले मंसिर २ वा ५ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले जनाएकाे छ । प्रधानमन्त्री देउवासँग  भेटका लागि आयोगका पदाधिकारीहरुले बुधबारकाे समय लिइसकेका छन् ।

आयोगले मंसिर ५ गतेका लागि निर्वाचन वैकल्पिक मिति हुने जनाएकाे छ । तर पहिलो प्राथमिकता भने मंसिर २ का लागि ताेकिएकाे छ ।मंसिर ५ गतेभन्दा पछि निर्वाचन गर्न प्राविधिकरुपमा कठिन हुने आयोगको प्रारम्भिक आँकलन छ । आयोगले जुन मिति भए पनि निर्वाचन एकै चरणमा गर्न समेत सुझाव दिने भएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १८:५१