५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

युट्युब मार्फत अश्लिलता फैलाउने नुवाकाेटका प्रवेश लामा पक्राउ


२१ असार, काठमाडाैं । प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर सामग्री पोष्ट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरापालिका–७ घर भई हाल काठमाडौं बस्ने २२ वर्षिय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

लामाले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानलमा अश्लीलता फैलाउने भिडियो बनाएर पोष्ट गरेको ब्यूरोले जनाएको छ । लामालाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १७:५१