१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ


२१ असार, संखुवासभा । चौंतिस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १३:१८