२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

हत्या आरोपी कांग्रेस नेतृ एवं पञ्चदेवल विनायक नगरपालिकाकाकी प्रमुख अम्बिकाद्धारा आत्मसमर्पण


१९ असार, अछाम । बालक हत्या आरोपमा फरार रहेकी नेपाली कांग्रेसकी नेतृ एवं पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने सीधै प्रहरी खोरमा पुगेकी छिन । उनी प्रहरीसामू आत्मसमर्पण गर्दै सिधै प्रहरी हिरसातमा पुगेकी हुन । चलाउनेसँगै घटनाका अर्का आरोपी नेत्रबहादुर शाहीले पनि प्रहरीसँग आत्मसमर्पण गरेको अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले जानकारी दिए ।

पञ्चदेवल विनायक नगरपालिका –४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्याका योजनाकार रहेकी चलाउने र शाहीलाइ पक्राउ पुर्जी जारी गरिएको थियो । यद्यपी उनीहरू लुकिछिपी बसिरहेका थिए । तर आइतबार भने उनीहरूले प्रहरीका सामू आत्मसमर्पण गरेका छन ।

चलाउने र शाही र अन्य ११ जना हत्यामा संलग्न भएको भन्दै पीडित पक्षले १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । हत्याको आरोपमा कालिकास्थानकै पाँच जना यसअघि पक्राउ परेका थिए । अन्य छ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ असार २०७९, आईतवार २०:५४