१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु


१९ असार, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँ बस्ने २१ वर्षीय करन सिंह ठगुन्नाको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ । भट्टाडबाट परिगाउँतर्फ जाने क्रममा खसेको पहिरोमा परी करिब ३५ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १५:००