अव एक डोको साग बेच्दा पनि १० रुपैयाँ कर लाग्ने
१४ भदौ, स्याङ्जा । अव एक डोको साग बेच्दा पनि १० रुपैयाँ कर तिर्नुपर्ने भएकाे छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले डोकोमा साग तथा फलफूल बेच्नेसँग पनि कर उठाउन थालेको छ । डोकोमा फलफुल तथा तरकारी बेच्नेहरुबाट १० रुपैयाँ कर लिन थालेकाे हाे ।
गाउँपालिकाले गाडीमा राखेर खाद्यान्न, लत्ताकपडा बेच्दै हिँड्नेसँग प्रत्येकपटक १ सय रुपैयाँ लिने नीति बनाएको छ । गाउँपालिकाले यसरी सर्वसाधारणसँग कर उठाउन थालेपछि सर्वत्र विराेध भैरहेकाे छ ।
स्थानीय तहले लिएको करको आलोचना भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोलीले गण्डकी प्रदेशका केही स्थानीय तहसँग छलफल गरेको छ । केमा कर लगाउने र केमा कर नलगाउने भन्ने विषयमा छलफलपछि निर्णय लिनेपनि जनाइएकाे छ ।
प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार १२:३६