१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक, काठमाडौँको टोखा अन्तिम स्टेशन हुने

१० भदाै, काठमाडाैँ । नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ । उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल–चीन सिमाना रसुवागढीबाट काठमाडौँसम्म विस्तार हुने उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख भएका सबै पक्षमा गहन छलफल हुनका साथै दुवै पक्षबाट आवश्यक सुझाव प्रस्तुत भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार दुवै मुलुकबाट प्रस्तुत सुझावलाई समेटेर केही दिनभित्र चिनियाँ डिजाइन परामर्शदाताले अन्तिम प्रतिवेदन पेश गर्नेछ ।

गत बुधबार भएको द्विपक्षीय छलफलमा नेपालको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गर्नुभएको थियो भने चिनियाँ पक्षको प्रतिनिधित्व त्यहाँको रेल प्रशासनका उपप्रशासक झेङ जियानले गर्नुभएको थियो । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार रसुवागढी–काठमाडौँ रेलमार्ग ७२ किलोमिटरको हुनेछ जसमा धेरै सुरुङ र अग्ला पुल हुनेछन् । काठमाडौँको टोखालाई अन्तिम स्टेशनका बनाइएको छ ।

प्रकाशित मिति : August 26, 2018 at 8:47 pm