१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

हराइरहेको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर लार्जुङमा


१५ जेठ, पोखरा । पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्‍न नेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । खराब मौसमका बीच सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भैसकेको बताइएको छ।

यस्तै, सोही हेलिकोप्टर फर्किएर थप उद्धारकर्मी लैजाने तयारी छ । चालकदलसहित २२ जना सवार जहाज लेते र लार्जुङ क्षेत्रमै दुर्घटना भएको हुन सक्ने आशंका गरिएकाे छ । तर, पुष्टी भएको छैन । स्थानीयले ठूलो आवाज सुनेको भनेपछि त्यस क्षेत्रमा खोजी केन्द्रित गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १५:१०