१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बाह्र वित्तीय संस्थाको बोनस शेयर स्टकमा सूचीकृत

९ भदाै,काठमाडाै । भार्गव विकास बैंकको २१ लाख १२ हजार कित्ता हकप्रद, हाम्रो विकास बैंकको तीन लाख ३४ हजार ८८८ कित्ता बोनस, सिद्धार्थ बैंक लिमिटेडको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एक लाख ३८ हजार बोनस, हिमालयन बैंकको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएका छन् ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार कित्ता हकप्रद, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ७६ हजार कित्ता बोनस, एनएमबी बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप निष्काशन, नाडेप लघुवित्त वित्तीय संस्थाको १६ लाख कित्ता प्राथमिक शेयर, मेघा बैंकको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर सूचीकृत भए ।

त्यस्तै लुम्बिनी विकास बैंकको एक लाख ६४ हजार ६४४ कित्ता हकप्रद र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : August 25, 2018 at 6:59 pm