१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

मुस्ताङको लार्जुङमा विमान दुर्घटनामा परेको खबर आयोः प्रवक्ता कडेँल


१५ जेठ, काठमाडाैँ । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले तारा एयरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर प्राप्त भएको जनाएका छन । उनले दैनिकीसँग भने, ‘मुस्तfङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ । खराब मौसमका कारण हेलिकोप्टर जान नकसेपछि अहिले सेना र प्रहरीको टोली स्थलमार्गबाट उक्त क्षेत्रमा हिडेँको छ ।’

कडेँलले विमान दुर्घटनामा परेको सूचना प्राप्त गरेको जानकारी दिए पनि सेना, प्रहरी र नागरिक उड्डयन प्राधिकरणले भने यसको पुष्टि गरेका छैनन् । ती निकायहरूले विमान दुर्घटनामा परेको स्थानको ट्रयाकिङ् समेत नभएको बताएको छ ।

तारा एयरको दुविन् अटर 9NAET विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कबिहीन भएको थियो । विमान अन्तिम पटक जोमसोम टावर संग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात उक्त विमान सम्पर्क विहिन भएको ।

विमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १३:४६