७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

माओवादीको अनुशासन आयोगका अध्यक्षको कुटाइमा खोटाङका पूर्णबहादुर राई घाइते !

१३ जेठ, काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका युवा पूर्ण बहादुर राईमाथि कुटिपिट भएको छ । राईमाथि पूर्वसांसद एवं माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईसहितको समूहले कुटपिट गरेको पीडितले बताएका छन ।

राई, विवेक राई, पदमा विक लगायत चार जनाले कुटपीट गरेको पीडितले बताएका छन । कुटपिटपछि माओवादी केन्द्रसहितका सत्तारूढ दलका नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै उल्टै पूर्ण बहादुरममाथिक कुटपिटको आरोप लगाएका छन । कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादी पूर्ण बहादुमाथि कुटपिट गर्नेको पक्षमा उभिएको छ । पीडितमाथि अन्याए भएको भन्दै नेकपा एमाले पनि विज्ञप्ति नै निकालेर पीडितको न्यायका लागि बोलेको छ ।

कुटपिटबाट घाइते भएका पूर्णबहादुरलाई जालपा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि थप उपाचारका लागि काठमाडौँको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरेर उपचार सुरू गरिएको छ । पूर्ण बहादुरको टाउकोमा चार टाँका लगाइएको छ । उनको घाँटीमा चोट तथा अनुहारमा पनि निलडाम रहेको छ ।

कुटपिटमा संलग्न भएको भन्दै पूर्णबहादुर पक्षले पूर्वसांसद राईसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका खोटाङका सांसद विशाल भट्टराईले पीडितको स्वास्थ्यलाभको कामना गर्दै न्याया दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

‘घटना योजनावद्ध र सुनियोजित देखिन्छ । घटनालाई लुकाउने र अन्यत्र मोड्न विभिन्न किसिमका कुप्रचार गरी सत्यतथ्यलाई कमजोर बनाउन विभिन्न बाहनाबाजी गरेको देखिन्छ,’ एमाले अध्यक्ष रामप्रसाद दंगालले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘घाइतेको शिघ्र उपचारको व्यवस्था मिलाइ दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछौँ ।’

गठबन्धनकातर्फबाट कांग्रेस सभापति बिष्णुकुमार राई, माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे, नेकपा एसका अध्यक्ष जलसेर राई र जनता समाजवादीका अध्यक्ष टंक थापाले संयुक्त विज्ञप्ती जारी गर्दै पूर्वसांसद राईमाथि अराजक, उच्छृंखल व्यक्तिबाट गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएको भन्दै घोर भत्र्सना गरेका छन् ।

प्रकाशित मिति : May 27, 2022 at 2:29 pm