२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

दिपक पासवानको हत्याको आरोपित दुई जना पक्राउ

९ जेठ, बारा । बाराको जितपुरसिमरा २० निवासी दिपक पासवानको हत्याको आरोपित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा गोठ टोलदेखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा दिपक पासवानको शव प्रहरीले जेठ ६ गते बरामद गरेको थियो ।

स्थानीय राजबंशी पासवानको छोरा वर्ष २५ को दिपक पासवान लाई कर्तव्य गरी मारेको अवस्थामा मृतक लास फेला परेको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

बारा प्रहरीले गरेको अनुसन्धानबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसडिलवा टोल बस्ने शेख मीर हसनको छोरा वर्ष २० को शेख नवि आलम र सोहि ठाउँ बस्ने शेख जैनुलको छोरा वर्ष २१ को शेख सलिम समेत मिली मृतक दिपक पासवानको घाटीमा धारिलो घरेलु हतियार बखुवा (खुर्पा)ले प्रहर गरी निर्ममतापुर्वक घाटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अपराधबाट बच्नको लागि मृतक लासलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरी वारदात पश्चात गाउँघर छाडी भागी फरार भएको र उनिलाई खोजतलासको क्रममा जेठ ८ गते पक्राउ गरिएको हो ।

पक्राउ परेको दुबै जना माथी ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ दिनको म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 23, 2022 at 9:50 pm