कालीमाटीमा बिचौलियाको दादागिरी, सरकार लाचार
५ भदाै, काठमाडाैँ । सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो । शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदश्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखी कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्ग्दारहेछन ? र कती मुल्य बढाइँदोरहेछ ?’
अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बीलबीजकलगायत कागजात माग्यो । तर उक्त सामानको कुनै पनि कागजात नभटिएपछि अनुगमन टोलीले प्रहरी प्रशासनको सहयोगमा उक्त गाडी नियन्त्रणमा लियो । त्यतिबेलासम्म बजारमा ठँलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।
त्यसपछि अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अध्यक्ष, निर्देशक, व्यापारीहरुका प्रतिनिधि संस्थाका सदश्यसँग उक्त विषयमा छलफलमा व्यस्त भए । त्यतिबेलासम्म बाहिर ठँलै भीड र हल्लीखल्ली शुरु भइसकेको थियो ।
अनुगमन टोली, समितिका पदाधिकारी र व्यवसायीका प्रतिनिधिको छलफल चलिरहेको बेला कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले बाहिर ठँलो संख्यामा व्यवसायी जम्मा भएकाले अनुगमन टोलीलाई असुरक्षा हुनसक्छ भनेर सचेत गराए । हुन पनि त्यो बेला सम्म व्यवसायीहरुले कालीमाटी बजारको मुख्य गेट नै बन्द गरिसकेका थिए । त्यसपछि टोलीले तालुखवाला मन्त्रालय, प्रहरी प्रशासन, जिल्ला समन्वय समितिलगायतलाई आफुहरु असुरक्ष्ँित हुनसक्ने भन्दै सुरक्षाका विषयमा जानकारी गराए ।
अनुगमनका क्रममा अवरोध देखिएपछि उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवको नेतृत्वमा मन्त्रायका सचिव चन्द्र कुमार घिमिरे, सहसचिवद्धय नवराज ढकाल र रविसंकर सैंजु, आपँर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन टोलीले स्थलगत निरीक्षण ग¥यो ।
अनुगमन टोलीलाई कालीमाटी बजार अनुगमन गर्ने क्रममा अबरोध गरेको भन्दै विभागले उजुरी दिएपछि प्रहरीले कालीमाटी फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको छ भने अर्का व्यवसायी बिमल ढुंगाना भने फरार छन् । यसैगरी तरकारीको उत्पादन देखी कालीमाटी थोक बिक्रेता बजारसम्म आइपुग्दा तरकारीको मुल्यवृद्धिका सम्बन्धमा अनुगमन गर्दा एकजना चालक र दुईवटा सवारी साधनमा रहेको तरकारीको खरीद बिक्री बिल पेश नगरेकाले वृतमा पठाइएको छ ।
ना ४ च ६६३४ का चालक सुदीप दराईलाई नियन्त्रणमा लिइएको छ भने अर्को गाडीका चालक फरार छन् । विभागले पक्राउ परेका व्यक्तिले सरकारी टोलीलाई छेकबार गर्ने, नाराजुलुस गर्ने, धम्काउने जस्ता क्रियाकलाप गरी अनुगमन कार्यमा बाधा अबरोध गर्ने काम गरेकाले आवस्यक कारबाही गर्न भन्दै प्रहरी लाई पत्र पठाएको छ ।
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र तरकारी तथा फलफूलको मँल्य अस्वाभाविक रुपमा बढीरहेको भन्ने गुनासो प्राप्त भएको आधारमा कालीमाटीमा छापा मारिएको थियो । केही समय अघि विभागको अनुगमन टोलीले काठमाडौं भित्रिने तरकारीका वास्तविक किसानसम्म पुगेर उनीहरुले पाउने मुल्यका विषयमा अध्ययन गरेको थियो । उक्त अध्ययनपछि किसानले पाउने मुल्य र बजारमा उपभोक्ताले तिर्ने मुल्यबीच निकै अन्तर रहेको निश्कर्षमा विभाग पुगेको छ ।
स्थलगत निरीक्षण पछि मन्त्री यादवले जनताको भान्सासम्म पुग्ने तरकारीको सिण्डिकेट अन्त्य गर्न सरकार कडाईका साथ लागेको बताउनुभयो । किसानलाई कम मुल्य दिई उपभोक्ताबाट बढी रकम असुल्ने विचौलिया नियन्त्रण गरी तरकारीको उत्पादक र उपभोक्ताबीचको दुरी न्युन गरी नियमित अनुगमन गरिने समेत मन्त्री यादवको भनाइ छ । उहाँले उक्त कार्यमा जुनसुकै तत्वले व्यवधान गर्ने खोजे पनि सरकार पछि नहट्ने बताउनुभयो ।
–हेमन्त जोशी/नेपाल समाचारपत्र दैनिक ।
प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार ०८:४४