१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सुबिसु केवलनेटको पाँचाैँ सेल्स आउटलेट कलंकीमा

४ भदाै, काठमाडाैँ । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले आफ्नो पाचौं सेल्स आउटलेट  काठमाडाैँको कलंकीमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले कलंकी अाउटलेटको उद्घाटन गरे ।कलंकी अाउटलेटबाट सुबिसुले कलंकी तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुविसुको सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदानगर्ने कम्पनीले जनाको छ ।

अाउटलेटबाट सेवाहरुको विक्रि तथा वितरण साथै त्यसपछि पनि अाफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट सेवा प्रदान गर्नेछ। कलंकी अाउटलेटको स्थापनासँगै सुविसु अाउटलेटको संख्या पाँच पुगेको छ । अब सुविसु अाउटलेट ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, डिल्लीबजार र कलंकीमा रहेका छन् ।

साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापनागर्ने जनाएको छ । सुबिसु नेपालको पहिलो कम्पनी हो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ०५:५५