१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सशस्त्र प्रहरीको गोताखोरका अाफन्तलार्इ नेशनल इन्स्योरेन्सले दियो बीमा बापतको भुक्तानी

३ भदाै, काठमाडाैँ । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले उपचारको क्रममा मृत्यु भएका एक सशस्त्र प्रहरी जवान (गोताखोर)को श्रीमतीलाई बीमा वापतको २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक संजयविक्रम राणा तथा सो वीमा कम्पनीका प्रमुख डा. प्रणव सेनले आईतबार सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एक कार्यक्रममा स्व. अर्जुन बस्नेतकी श्रीमती विष्णुलक्ष्मी कार्कीलाई चेक प्रदान गरे ।

सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय मोरङ्ग नम्बर १ बाहिनीमा कार्यरत सशस्त्र प्रहरी जवान बस्नेत गत जेठ २३ गते झापा जिल्लाको अर्जुनधारा नगरपालिका ८ स्थित एक होटलको छतबाट खसेर घाईते भएका थिए ।

बस्नेतको उपचारका क्रममा मृत्यु भएको थियो । नेपाल इन्स्योरेन्स कम्पनि लिमिटेड र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा २०७४ पौष ६ गते सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २० जना गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीको एक वर्षे जीवन बीमा गरिएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार २०:२९