१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

एबिसी (द.न. १७) र मार्केट (द.न. ५) सेक्युरिटिज कम्पनीलाई शेयर कारोबारमा रोक

३ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक लगाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ती कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो ।

एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं १७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५)को कारोबारमा रोक लगाइएको हो । बोर्डको नियमअनुसार ०ं६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ ।

नेपाल धितोपत्र व्यवसायी नियमावाली २०६४ को नियम ३२ अनुसारको दस्तुर बुझाउन अटेर गरेका कारण कारोबारमा रोक लगाइएको स्टकले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १५:५८