१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

रसुवामा ५ उम्मेदवार निर्विरोध हुँदा कांग्रेस र माओवादीको २/२ र एमालेको १ जना

१४ वैशाख, रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार र सोमबार भएको मनोनयन दर्तामा पाँचजना निर्विरोध चयन भएका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसकी दिलमाया विक, वडा नम्बर ४ मा माओवादी केन्द्रकी गममाया विक, कालिका गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका ज्योति सरा परियार, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ मा कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार २०:३५