१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको नेकपाको पार्टीको स्वतन्त्र उम्मेदवारी

-दिलमाया शाही

१३ वैशाख, जुम्ला । यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षको लागी कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै सिजा गाउँपालिकाको अध्यक्षको लागि यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सिजा गाउँपालिकाको १ वडाध्यक्ष पदको लागी शक्त सिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यको लागी गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै हिमा गाउँपालिका ६ वडाध्यक्षको लागी रमेश रावल, कमरेड (बिक्रन्तले) उम्मेदवारी दिएका छन् । ६ वडाध्यक्षका लागी स्वतन्त्र उम्मेदवारीका रमेश रावत ‘विक्रान्त’ यसअघि संसदीय व्यवस्था असफल छ यसलाई परिवर्तन गरेर जनताको व्यवस्था ल्याउनुपर्छ भनेर लागेको बत्ताउँछन् । उनले भने, ‘यस पटक स्थानीय निर्वाचनका लागि वडाध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार दिएको छु ।’

उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण जनताले दुख पाएको बताए । उनले शिक्षित, विद्वान् दक्ष,क्षमतावान् युवा विद्यार्थी तथा साझा स्वतन्त्र उम्मेदवारलाई रोज्न अनुरोध गरेका छन् । न्युज कारखाना

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार २३:२३