१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नुवाकोटमा कांग्रेसका उम्मेदवार, कतै करोडको चर्चा कतै तीन क्‍वायल पाइप !

५ फागुन, नुवाकोट । नुवाकोट अनेक काण्डले सधैँ चर्चामा रहन्छ । कहिले धेरै मन्त्री भएर, कहिले नेताहरूको गतिबिधिले त कहिले स्थानीय तहका जनप्रतिनिधिको रमिताले नुवाकोट चर्चामा रहिरहन्छ । यसपटक उम्मेदवारीको विषयले पनि नुवाकोट चर्चामा रहेको छ ।

कांग्रेस नेता एवं दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ, वडा नम्बर १ का अध्यक्ष सुनबहादुर तामाङ र क्षेत्रीय सभापति सुशील खड्कासहितको टोलीले कांग्रेस परित्याग गरी योविन्द्रसिंह तामाङलाई एमालेबाट टिकट दिलाए । एमाले प्रवेश गर्ने मध्ये एक जना कृष्णबहादुर स्याङ्तानले १ नम्बरमा वडा अध्यक्षको पनि टिकट प्राप्त गरेका छन ।

विदुरका कांग्रेस उम्मेदवार राजनलाल श्रेष्ठ ।

यता विदुर नगरपालिकको मेयरमा एक दर्जनबढी बलिया आंकाक्षीलाई ट्वाँ पारेर राजनलाल श्रेष्ठले मेयरको टिकट फुत्काएका छन । उनले हिजै कांग्रेसको उपमेयरबिनाको मेयरको उम्मेदवारी दर्ता गराएका छन । यद्यपी श्रेष्ठले अकस्मात टिकट पाएको भन्दै त्यसका लागि २ करोड ५० लाख खर्च गरेको भनेर चर्चा चलिरहेको छ । जिल्लामा धेरै कांग्रेसीजनले चिया पसलमा राजनलाई टिकट नै महंगो पर्यो कसरी चुनाव जित्ला भन्दै साहानुभुति देखाउन थालेका छन ।

राजन तीनै व्यक्ति हुन जसले नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा गरेको नुवाकोट महोत्सवको हिसाबकिताब सार्वजनिक गरेका छैनन् । महोत्सव गर्न प्रयोग गरेको व्यक्तिको जग्गाको भाडा समेत नतिरेको भन्दै उनको आलोचना हुनेगरेको छ । यद्यपी २०७४ को चुनावपछि रसुवामा पराजित भएका एमालेका नेता जनार्दन ढकालको ऋण चुक्तामा सहयोग गरिदिन उनले घर खरिद गरेर सहयोग गरेका थिए । राजनीतिक रूपमा परिचित नभए पनि उनको परिवार व्यापारिक रूपमा भने परिचित नैछ ।

कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्दै योविन्द्रसिंह तामाङ ।

२ करोड ५० लाखको बारेमा दैनिकीले प्रश्न गर्दा राजनले भने प्रमाण देखाउन सक्नुपर्यो नि त्यसै भनेर मात्र कहाँ हुन्छ भन्ने जवाफ दिए । उनले टिकटका लागि आफू योग्य भएर नै नेताहरूले विश्वास गरेको बताए ।

यस्तै तारकेश्वर गाउँपालिकामा पनि कांग्रेसको रमाइलो भएको छ । नुवाकोट कांग्रेसको राजनीतिमा सक्रिय हुँदा तत्कालीन जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको समूहमा रहेका र कांग्रेसको जिल्ला समितिको आमन्त्रित सदस्यमा मनोनित भएर २४ घण्टामै सो पद खोसिएका शिव अधिकारीले तारकेश्वर गाउँपालिकामा अध्यक्षको टिकट पाएका छन ।

राजनलालले प्राप्त गरेको टिकटका विषयमा सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया ।

उनले टिकट नै पाउने गरी भाग्य खुलाउन तीन क्‍वायल पाइपले भूमिका खेलको बताइएको छ । गत साल उनले पाँच पटक अर्थमन्त्री भैसकेका डा रामशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपत्र बहादुरसिंह लामासहितलाई तारकेश्वरमै लगेर तीन क्‍वायल पाइमा फोटो खिचाउन सफल भएका थिए । त्यसपछि उनी नुवाकोटको राजनीतिमा निरन्तर महत लामा समूहमा क्रियाशिल रहँदै आएका थिए ।

अन्य कुनै राजनीतिक पृष्ठभूमि पनि नभएको र जनतामा प्रभाव पनि नभए पनि उनले समूहको प्रभावकै कारण टिकट पाएको भन्दै कांग्रेसका नेता कार्यकर्ताले चर्चा गर्न थालेका छन । यस विषयमा अधिकारीको प्रतिक्रिया लिन फोन गर्दा उनले रिसिभ गरेनन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार २२:३९