१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडे


५ वैशाख, दाङ । माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उनले माओवादी त्यागेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १३:३०